काठमाडौं । शेयर बजार परिसुचक (नेप्से) को निरन्तरको ओरालो यात्राले साताको चौंथो कारोबार दिन आज बुधबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन १३ अंकले ओरालो लागेको नेप्से परिसुचक पुन २२ दशमलव ७३ अंकले ओरालो लागेर २६ सय १० दशमलव २१ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ३० अंकले ओरालो लागेर चार सय ६३ दशमलव सात बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय १७ वटा कम्पनीहरुको ८७ हजार ३६ पटक शेयर किनबेच भएको छ । जसबाट आज एक करोड ५४ लाख २८ हजार सात सय २४ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम छ अर्ब ८५ करोड ११ लाख ७९ हजार ५१ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये निर्जीवन बीमा, फाईनान्स र व्यापार उपससमुहको सुचक उकालो लागेपनि बाँणिज्य बैंक, जलबिद्युत, जीवन बीमा, बिकास बैंक, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र अन्य उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।