काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको)को गण्डकी प्रादेशिक कार्यालयको उद्घाटन गरेको छ । कम्पनीका अनुसार अमरसिंह चोक पोखराको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको समुद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री र नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालय प्रमुख केशवप्रसाद दाहालबाट संयुक्तरूपमा भएको हो ।
सो अवसरमा शुभकामना दिँदै सलिको व्यापार र दाबी भुक्तानी राम्रो रहेको सो साख जोगाइराख्न नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालय प्रमुख केशव प्रसाद दाहाल व्यक्त गरे । कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले सम्पूर्ण कर्मचारीलाई उच्च मनोबलका साथ इमान्दारीपूर्वक बीमालेख बुझाएर बेच्ने आग्रह गरे । निसा गण्डकीका बुद्धिप्रसाद अधिकारी, निसाका पूर्व संयोजक सुरेन्द्र बहादुर गोदारलगायतले शुभकामना दिए ।
कार्यक्रमा पोखरामा रहेका कम्पनीका शाखा प्रमुखलगायत सम्पूर्ण कर्मचारीको उपस्थिति रहेको थियो, कम्पनी बारेमा नेसनलको अटिनेटर (सहायक महाप्रबन्धक) कविराज पौडेल बताएका थिए भने प्रादेशिक कार्यालयका प्रमुख विष्णुप्रसाद पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।