काठमाडौं । फुड डेलिभरी कम्पनी फुडमान्डुले विजया दशमीको अवसरमा ‘बडा धमाका’ नामक क्याम्पेन सञ्चालन गरेको छ । हरेक महिनाको पहिलो हप्ता चल्ने फुडमान्डु डबल धमाका क्याम्पेन, यस बडादशैँमा झनै ठूलो हुने कम्पनीले जनाएको छ ।
बडा धमाका क्याम्पेनअन्तर्गत ग्राहकहरूले काठमाडौं, पोखरा र चितवनका ६० भन्दा बढी रेस्टुरेन्टहरूको सबै आइटममा ५० प्रतिशतसम्मको छुट पाउन सक्नेछन् । फुडमान्डुकी ब्रान्ड एन्ड मार्केटिङ मेनेजर, इनेशा भट्टराईले ग्राहकका लागि यो चाडपर्व अझ बढी रमाइलो बनाउने कम्पनीको लक्ष्य रहेको बताइन् । यसको लागि फुडमान्डुमा स्वादिस्ट परिकारहरूका साथसाथै आकर्षक छुट उपलब्ध गराउने उनको भनाइ थियो । बडा धमाका क्याम्पेन असोज २३ सम्म चल्नेछ । फुडमान्डुको एप वा वेबसाइटबाट केही क्लिकमै दशैँको स्वाद आकर्षक मूल्यमा घरमै पाउन सक्ने कम्पनीको भनाइ छ ।