काठमाडौं । यज्डी मोटरसाइकलहरू आधिकारिक विक्रेता अग्नि मोटोइङ्कले वडादशैं तथा तिहारको अवसरमा आफ्नो यज्डी रेन्जमा तीन ठूला अफरहरू सार्वजनिक गरेको छ ।
कम्पनीले सार्वजनिक गरेको अफरमा एक लाख ५० हजार रुपैयाँ नगद छुट, शून्य प्रतिशत व्याजमा फाइनान्सिङ र पाँच वर्ष निःशुल्क सर्भिसिङ रहेको छ । अन रोड र अफ रोड सबैतिर चलाउन सकिने यो शक्तिशाली यज्डी स्क्र्याम्ब्लर उत्कृष्ट राइडको अनुभव चाहनेहरूलाई लक्षित गरी ल्याइएको हो । यस मोटरसाइकलमा बिएससिक्स इन्जिन, परिस्कृत स्लिपर क्लच र अधिकतम सुरक्षाको लागि स्विच गर्न मिल्ने डुअल च्यानल एबिएस राखिएको छ । यज्डी स्क्र्याम्ब्लरको साथै कम्पनीले यज्डी एड्भेन्चर र यज्डी रोड्स्टर पनि बिक्रिवितरण गर्दै आएको छ । यज्डी मोटरसाइकल सन् १९६१ देखि राइडरहरूको मन जित्नै आएको मोटरसाइकल हो ।