काठमाडौं, असार १८
कामना सेवा विकास बैंकमा अनलाइनमार्फत कर्जाको लागि आवेदन दिन सकिने भएको छ । बैंकका अनुसार असार १४ गते अर्थात् आइतबारबाट सुरु हुुनेगरी बैंकको वेबसाइटमार्फत अनलाइन कर्जा योग्यता मापन र आवेदन गर्न सकिने सुविधा सञ्चालनमा ल्याएको हो । यससँगै अब ग्राहकले घरैमा बसेर कामना सेवा विकास बैंकको जुनसुकै शाखा कार्यलयमा सेयर कर्जा, प्रोफेसनल लोन, घर कर्जा, सवारी कर्जा, व्यापारिक कर्जा लागि आवेदन दिन सकिने बैंकले जानकारी दिएको छ ।
काठमाडौँं ३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको यस बैंकले देशका विभिन्न भागहरूमा एक सय २३ वटा शाखा तथा ६४ वटा एटीएममार्फत ग्राहकलाई आफनो सेवा तथा सुविधाहरू प्रदान गर्दै आएको छ । साथै, बैंकले एबीबीएस, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ, सी आश्वालगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवा ग्राहकलाई सुविधाहरू उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरू थप गर्दै जाने बैंकको योजना रहेको जनाएको छ ।