काठमाडौं । शेयर बजार परिसुचक नेप्से २६ सय बिन्दुबाट ओर्लिएको छ । अघिल्लो दिन एक सय १४ अंकले उकालो लागेको बजार परिसुचक नेप्से साताको चौंथो कारोबार दिन आज बुधबार २६ दशमलव शुन्य सात अंकले ओरालो लागेर २५ सय ९७ दशमलव ४९ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव १० अंकले ओरालो लागेर चार सय ६६ दशमलव ७१ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय १० वटा कम्पनीहरुको ८३ हजार ८१ पटक शेयर किनबेच भएको छ । जसबाट एक करोड ५१ लाख ९९ हजार सात सय ६३ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम छ अर्ब ७७ करोड ८१ लाख ९५ हजार आठ सय ८१ रुपैयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये फाईनान्स उपसमुहको सुचक उकालो लागेपनि बाणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार उपसमुहहरुको सुचक भने ओरालो लागेका छन् ।