काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको केन्द्रीय कार्यालय सिंहदरबार प्लाजास्थित रहेको कल सेन्टर अब २४सै घण्टा सञ्चालन हुने भएको छ । बैंकको सेवाका बारेमा टेलिफोन नम्बर ०१–५९७००१८ कल गरेर २४सैँ घण्टा जानकारी लिन सकिनेछ । बैंकको सेवाका बारेमा जानकारी लिन चाहनेहरूलाई थप सहज भई बैंकको गुणस्तरीय बैंकिङ सेवा प्रवाहमा थप सुधार आउने अपेक्षा बैंकले गरेको छ ।