काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारीहरूलाई व्यक्तित्व विकास तालिम आयोजना गरेको छ । संस्थाको वृद्धि–विकासका लागि कर्मचारीहरूले मुख्य भूमिका खेल्छन् र संस्थाको विकाससँगै कर्मचारीहरूको पनि बराबर प्रगति हुनुपर्छ भन्ने सोच राख्दै यस्तो कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ । कर्मचारीहरूको लागि विभिन्न सिप विकास कक्षाहरू नियमित सञ्चालन गर्दै आएको कम्पनीले जनाएको छ ।
यसै सन्दर्भमा २०८१ साल भादौ महिनामा, ललितपुरको धोबीघाटस्थित सिद्धार्थ कटेजमा सिटिजन्स लाइफको प्रधान कार्यालयका कर्मचारीहरूका लागि व्यक्तित्व विकास कार्यक्रमको आयोजना गरिएको थियो । यस कार्यक्रमको मुख्य प्रशिक्षकको रूपमा पूर्वमिस नेपाल सुगारिका केसीको उपस्थिति रहेको थियो । यस तालिम कार्यक्रममा ६० भन्दा बढी कम्पनीका कर्मचारीहरूले प्रशिक्षण प्राप्त गर्न सफल भएका छन् । कार्यक्रममा मुख्य गरी समय व्यवस्थापन, नेतृत्व, सञ्चार, व्यक्तिगत स्वच्छता, आपसी सहयोग, क्षमता वृद्धिलगायत अन्य व्यक्तित्व विकासका लागि महत्वपूर्ण विषयहरूमा तालिम प्रदान गरिएको कम्पनीले जनाएको छ ।
कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत दीपबहादुर बिसीले उपस्थित कर्मचारीहरूलाई प्रेरणागतरूपमा अगाडि बढ्नका लागि रणानीतिहरू सिकाए । कार्यक्रमको अन्तिम चरणमा प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले सबै सहभागीहरूलाई प्रमाणपत्र प्रदान गर्दै आउँदो दिनहरूमा यस तालिममा सिकेका कुराहरूले अझै मद्दत पुग्ने आशाका साथ कार्यक्रमको सफलतापूर्वक समापन भएको घोषणाका साथै बधाई र शुभकामना व्यक्त गरे ।