काठमाडौं । शेयर बजार परिसुचक नेप्से सामान्य अंकले उकालो लागेको छ । अघिल्लो दिन ४३ अंकले उक्लिएको नेप्से परिसुचक साताको अन्तिम कारोबार दिन आज बिहिबार दुई दशमलव ४७ अंकले उकालो लागेर २७ सय ४५ दशमलव ३६ बिन्दुमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ३१ अंकले उकालो लागेर चार सय ९५ दशमलव ३० बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज तीन सय १६ वटा कम्पनीहरुको ८० हजार पाँच सय ९५ पटक शेयर किनबेच भएको छ । जसबाट आज एक करोड ८८ लाख सात हजार चार सय ९२ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम सात अर्ब १९ करोड २७ लाख ९२ हजार एक सय ६६ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक समुहको सुचक छ दशमलव ४२ अंकले उकालो लाग्दा निर्जीवन बीमा, फाईनान्स, लगानी, उत्पादनमुलक, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि उकालो लागेका छन् । बिकास बैंक, जलबिद्युत, जीवन बीमा, होटल तथा पर्यटन, लघुवित्त र व्यापार उपसमुहको सुचक भने ओरालो लागेका छन् ।