मकवानपुर । इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलामा ह्युम पाइप राख्नुपरेकाले कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द हुने भएको छ । प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले शुक्रबारदेखि तीन दिनसम्म दुवै सडक बन्द हुने बताएका छन् । उनले दुवै सडकको वैकल्पिक मार्ग हेटौँडा–भैँसे–पालुङ–काठमाडौँ र कान्तिलोकपथ–हेटौँडा–ठिङ्गन–काठमाडौँ प्रयोग गर्न अनुरोध गरेका छन् ।