काठमाडौं । नेपाल वायुसेवा निगमले असोज मसान्तसम्मको जहाजको ऋण भुक्तानी गरेको छ । निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्वमध्येको ५३ करोड नौ लाख ५५ हजार दुई सय ८१ रुपैयाँ रकम भुक्तानी गरेको हो ।
निगमले दुई न्यारोबडी र दुई वाइडबडी जहाज खरिदको लागि दुई कोषबाट ऋण लिएको थियो । न्यारोबडी जहाजको २०८१ आश्विन महिनाको किस्ताबापत पूरा र दुई वाइडबडी जहाजकोे आंशिक रकम भुक्तानी गरेको कम्पनीले जनाएको छ । निगमको हालसम्म छ अर्ब ३२ करोड ८५ लाख ९७ हजार पाँच सय ३३ रुपैयाँ किस्ता रकम भुक्तानी गरिसकेको छ । साथै, निगमले विश्वव्यापी कोरोना भाइरसको कारण निगमको व्यापारमा समेत प्रतिकूल असर परेकाले सो असर रहेको अवधिको व्याज, व्याजको स्याज, हर्जाना र पेनल छुट गर्न दुवै कोषसँग आग्रह गरेको छ भने किस्ताको संख्या वृद्धि गरेर ऋण दायित्व भुक्तानीलाई सहजीकरण गरिदिन समेत निगमले अनुरोध पत्र पठाएको जनाएको छ ।