काठमाडौं । शेयर बजार परिसुचक नेप्से उकालो लागेको छ । अघिल्लो दिन ५७ अंकले ओरालो लागेको नेप्से परिसुचक साताको तेस्रो कारोबार दिन आज मंगलबार २५ दशमलव ८८ अंकले उकालो लागेर २६ सय ६५ दशमलव ८१ बिन्दुमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ४७ अंकले उकालो लागेर चार सय ८० दशमलव ७१ बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज तीन सय १४ वटा कम्पनीहरुको ५३ हजार छ सय ७८ पटक शेयर किनबेच भएको छ । जसबाट एक करोड नौं लाख ६२ हजार दुई सय ८१ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम चार अर्ब १७ करोड १६ लाख ६५ हजार छ सय १९ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका सबै उपसमुहहरुको सुचक उकालो लागेर शेयर बजार पुरै हरियो भएको छ ।