इस्लामाबाद, असार २२
पाकिस्तानी सरकारले आर्थिक वृद्धिदर तथा प्रतिस्पर्धी क्षमता वृद्धि गर्दै नियामकीय व्यवस्थापन सुधारका लागि एसियाली पूर्वाधार लगानी बैंकसँग २५ करोड अमेरिकी डलर ऋण मागेको छ । पाकिस्तानी सञ्चारमाध्यमले जनाएअनुसार ‘द रिजिलिएन्ट इन्स्टिच्युसन फर सस्टेनेबल इकोनोमी कार्यक्रमका लागि उक्त ऋण दिन आग्रह गरेको अनलाइन पोर्टल डनले जनाएको छ ।
यो कार्यक्रमले सामाजिक रक्षा तथा आर्थिक लचकतालाई प्रवर्द्धन गर्छ भने यसबाट अर्थतन्त्रको उत्पादकत्व क्षमतामा हुने दीर्घकालीन क्षतिलाई टार्छ । यसमा राष्ट्रिय अर्थतन्त्रको मानव पुँजी पनि समावेश हुने बताइएको छ । ‘द राइज’ कार्यक्रम एआईआईबीको कोभिड १९ संकट उत्थान सुविधाअन्तर्गत हुने र विकास नीति लगानीको रुपमा विश्व बैंकसँगै लगानी हुने बताइएको छ ।
महामारीले अर्थतन्त्रमा पारेको प्रभाव, त्यसको रोकथाम तथा नियन्त्रणलाई समेट यही कार्यक्रमले समेट्नेछ । यसको मुख्य दृष्टि चलायमान अर्थतन्त्र, स्वास्थ्य र सामाजिक क्षेत्रको खर्चमा रहने बताइएको छ । यसले प्रतिकूल स्वास्थ्य र आर्थिक झट्कालाई न्यूनीकरण गर्न नीति र संस्थागत कार्यमा सघाउ पु-याउनेछ । यी कार्य हुँदा अर्थतन्त्रको व्यापक व्यवस्थापनमा मध्यावधि सुधारलाई प्रवद्र्धन हुने, आर्थिक वृद्धि र आर्थिक लचकताका लागि प्रतिस्पर्धी हुने गरी बलियो संस्थागत सुधार हुनेछ ।