काठमाडौं । श्वेतगंगा हाइड्रोपावर एन्ड डेभलपमेन्ट कम्पनीले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही मंसिर छ गते आफ्नो आठौँ वार्षिक साधारणसभा गर्न लागेको हो । वार्षिक साधारणसभामार्फत कम्पनीले गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्नेलगायतका प्रस्तावहरू पारित गर्ने तयारी गरेको छ । वार्षिक साधारणसभासम्बन्धी प्रयोजनका लागि कम्पनीको यही कात्तिक २१ गते एक दिनका लागि सेयर दर्ता किताव बन्द हुनेछ ।