काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले स्थानीय बजारमा मंगलबार सुनको मूल्य प्रतितोला दुई हजार आठ सयले घटेको जनाएको छ । आजका लागि छापावाला सुन प्रतितोला एक लाख ६८ हजार दुई सय तोकेको छ । यसअघि यही कात्तिक १५ गते छापावाला सुन प्रतितोला एक लाख ७१ हजारमा खरिदबिक्री भएको थियो ।