काठमाडौं । संयुक्त राष्ट्र संघको दक्षिण सुडान स्थित युनाईटेड नेशन मिसन अफ साउथ सुडान मिसनमा तैनाथ रहन श्री ईश्वरीबक्स गुल्म (शान्ति सेना, हाई रेडिनेश गुल्म) आठौँ डफ्फाका एक सय ५० जना नेपाली शान्ति सैनिकहरू सोमबार मिसन ईलाकातर्फ प्रस्थान गरेका छन् । सैनिक जनसम्र्पक तथा सुचना निर्देशनालय जंगी अड्डाका अनुसार प्रमुख सेनानी सन्तोष चन्दको नेतृत्वमा रहेको उक्त टोली संयुक्त राष्ट्र सङ्घको चार्टर विमानद्वारा काठमाडौँबाट मिसन ईलाकातर्फ प्रस्थान गरेको छ ।
त्यसैगरी सोही मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी श्री समरजीत गुल्म सातौँ डफ्फाका १३५ जना शान्ति सैनिकहरूको टोली सोमबार नै सेनानी मनकाजी श्रेष्ठको नेतृत्वमा स्वदेश आगमन भएको निर्देशनालयले जनाएको छ ।