काठमाडौं । बेष्ट फाइनान्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा ८६ लाख ४१ हजार नौ सय ८१ रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । गत आवको सोही अवधिमा भने फाइनान्सको यस्तो नाफा एक करोड ९८ लाख २२ हजार आठ सय ६० रुपैयाँले ऋणात्मक रहेको थियो ।
हाल चुक्ता पुँजी ८९ करोड चार लाख २४ हजार दुई सय ३६ रुपैयाँ रहेको फाइनान्सले चालू आवको पहिलो त्रैमासमा पाँच अर्ब ५१ करोड ५७ लाख छ सय ४२ रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब २९ करोड ९२ लाख ४१ हजार पाँच सय ८५ रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा चार करोड आठ लाख ७१ हजार दुई सय ५३ रुपैयाँ खुद व्याज आम्दानी गरेको फाइनान्समा तीन दशमलव ९८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने फाइनान्सले पाँच अर्ब ४३ करोड ५१ लाख ६६ हजार दुई सय ७० रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब चार करोड ३० लाख ११ हजार सात सय ८१ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन करोड १३ लाख ३४ हजार पाँच सय ५७ रुपैयाँ खुद व्याज आम्दानी गरेको फाइनान्समा पाँच दशमलव ४९ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।