काठमाडौं । श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा ४१ लाख ५१ हजार एक सय ९५ रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा भने फाइनान्सको यस्तो नाफा दुई लाख ९१ हजार ३५ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुुँजी ९८ करोड १६ लाख ८३ हजार दुई सय रुपैयाँ रहेको फाइनान्सले चालू आवको पहिलो त्रैमासमा सात अर्ब ६४ करोड ९५ लाख ८२ हजार छ सय २१ रुपैयाँ निक्षेप संकलन गरी छ अर्ब १३ करोड ७० लाख ६३ हजार ६५ रुपैैंयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा आठ करोड २८ लाख चार हजार सात सय ४१ रुपैयाँ खुद व्याज आम्दानी गरेको फाइनान्समा तीन दशमलव १९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेडदर चार दशमलव ३८ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने फाइनान्सले सात अर्ब ३७ करोड ३४ लाख २५ हजार ७५ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ४१ करोड चार लाख ४५ हजार दुई सय २७ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा पाँच करोड ६८ लाख ९५ हजार तीन सय ८४ रुपैयाँ खुद व्याज आम्दानी गरेको फाइनान्समा एक दशमलव २० प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर चार दशमलव ५१ प्रतिशत रहेको थियो ।