ललितपुर । कर छलेर राज्यलाई घाटामा पु¥याएर खुलेयाम संचालनमा आएका बाहुबली कन्स्ट्रक्सनका टिप्पर प्रहरीको नियन्त्रणमा आएका छन् । ललितपुरबाट काठमाडौँ आउँदै गरेको बाहुबली कन्स्ट्रक्सनको ६ वटा टिप्परलाई काठमाडौँ प्रहरीले नियन्त्रणमा लिएको हो।
‘काठमाडौँ–१४ बल्खुको ठेगाना राखेर ललितपुरबाट सामान सप्लाई गरेको र नक्कली बिल बिजक बनाएको सुराकको आधारमा नियन्त्रणमा लिएको प्रहरी स्रोतले बताएको छ । ’प्रहरीले बरामद गरेको बाहुबली कन्स्ट्रक्सनको भ्याट बिलमा प्रति टिप्पर माटो ‘बेस’को ४ हजार ५ सय उल्लेख गरिएको छ । साथै कन्स्ट्रक्सन आफैँले सप्लाईको काम गरेको र भिसिटिएस ‘भेहिक ट्रयाकिङ सिस्टम’ नराखेको भेटिएको छ ।शंकास्पद कागजातको आधिकारिकता परीक्षण गरिने प्रहरीले जनाएको छ ।