काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा २७ लाख ७९ हजार रूपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा तीन करोड ३७ लाख ५१ हजार रूपैयाँले ऋणात्मक रहेको थियो ।
हाल चुक्ता पुँजी १० करोड ६१ लाख ४८ हजार रूपैयाँ रहेको संस्थाले चालु आवको पहिलो त्रैमासमा एक अर्ब २२ करोड ८७ लाख ५८ हजार रूपैयाँ निक्षेप संकलन गरी दुई अर्ब २४ करोड ३९ लाख ७५ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा दुई करोड ५९ लाख ८४ हजार रूपैयाँ खुद व्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ६६ लाख दुई हजार रूपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव २५ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब नौ करोड ६७ लाख २३ हजार रूपैयाँ निक्षेप संकलन गरी एक अर्ब ९९ करोड ६० लाख ४१ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो ।