काठमाडौं । प्रिमियम कम्प्याक्ट एसयुभी जिकर एक्स आधुनिक सहरी जीवनशैलीलाई सहज र सुविधाजनक बनाउने गरी डिजाइन गरिएको जनाइएको छ । कम्पनीका अनुसार सबै ड्राइभिङ अवस्था तथा सबै किसिमका सडकमा उत्कृष्ट अनुभव र निर्धक्कता प्रदान गर्ने जिकर एक्स नयाँ परिवेशमा भ्रमण गर्न खोज्ने र अनुभव गर्न खोज्नहरूका लागि यो उत्कृष्ट एसयुभी हो ।
सरल आधुनिक डिजाइनमा आकर्षक डिजाइज–डिटेलसहित यो गाडीको बोल्ड र ‘एक्स्ट्रोभर्ट फर्म’ पनि निकै आकर्षक देखिन्छ । गाडीको डिजाइन ‘गोल्डेन रेसियो’मा आधारित छ, जुन विभिन्न चित्रकला, वास्तुकला तथा प्रोडक्ट डिजाइनहरूमा प्रयोग हुनुका साथै अहिलेसम्म पनि उत्कृष्ट गाडीको डिजाइनहरूमा प्रयोग गरिन्छ । २७५० मिलिमिटरको ह्विलबेसमा ४४३२ मिलिमिटर लामो र १५६६ मिलिमिटर अग्लो उभिएको जिकर एक्स व्यस्त सहरी सडकका लागि उत्कृष्ट आकार वा साइजको रहेको छ । टाढाबाट हेर्दा गाडीको आकर्षक डिजाइनले र आँखा लोभ्याउँछ भने नजिकबाट नियाल्दा झनै आकर्षक डिजाइन डिटेलहरू देख्न सकिन्छ । गाडीको ढोकाहरू ‘फ्रेमलेस’ डिजाइन प्रयोग भएकोले सरल, आकर्षक र आधुनिक देखिन्छ । त्यसैगरी, यसको ‘विन्डो सिलिङ स्ट्रिप्स’ पनि आधुनिकता र सरलतालाई निरन्तरता दिँदै डिजाइन गरिएको कारण झ्यालको ‘सिट मेटल’को भाग र ‘ग्लास’को भाग नछुट्टिकन एकरूपताका साथ जोडिएको देखिन्छ ।
जिकर एक्समा ६६ किलोवाट आवरको लिथियम–आयोन ब्याट्री रहेको छ । यसले उत्कृष्ट इनर्जी डेन्सिटी र लामो समयसम्म स्थायित्वका लागि ‘सिएटिएल’ कम्पनीको ‘एनएमसी सेल’ प्रयोग गर्छ । गाडीको ‘लङ रेन्ज’ मोडलको रियर एक्जिलमा २०० किलोवाट(२७२ हर्सपावर) र ३४३ न्युटनमिटरको इलेक्ट्रिक मोटरसहित ‘थर्ड जेनेसेन’ सिलिकन–कार्बाइड इन्भर्टर प्रविधि रहेको छ । यसले गर्दा उक्त मोडल, मात्र ५.६ सेकेन्डमा शून्यबाट सय किलोमिटर प्रतिघण्टाको गतिमा गुड्न सक्छ ।
जिकर एक्समा सुरक्षित, आधुनिक र प्रविधियुक्त ड्राइभिङ अनुभवका लागि ‘इन्टेलिजेन्ट कपपिट’ को पनि सुविधा रहेको छ । यसमा १४ दशमलव छ इन्चको एचडी टचस्क्रिन डिस्प्ले, आठ दशमलव आठ इन्चको एचडी इन्स्ट्रुमेन्ट प्यानलसहित २४ दशमलव तीन इन्चको ‘अगमेन्टेड रियालिटी हेड–हप डिस्प्ले’ समावेश रहेको छ । अगमेन्टेड रियालिटी हेड–अप डिस्प्लेमार्फत गाडीको विन्डस्क्रिनमा नै ग्राफिक्स प्रोजेक्ट हुन्छ । यसबाट सुरक्षित ड्राइभिङका लागि गाडीको गतिलगायत विभिन्न सूचना, ‘एडास सिस्टम वार्निङ’ तथा अन्य नेभिगेसन निर्देशनहरू सजिलै अगाडिको अबजेक्ट भ्युमा नै ड्राइभरले देख्न सक्ने गरी प्रोजेक्टेड हुन्छ ।
जिकर ००१ जस्तै सस्टेनेबल एक्सपेरियन्स आर्किटेक्चरमा निर्मित जिकर एक्सले उत्कृष्ट मिश्रणको मटेरियल प्रयोग गर्छ । जसमध्ये ७३ प्रतिशत ‘हाइ–स्ट्रेन्थ स्टिल’को प्रयोग भएको छ । यसले गाडीको तौल घटाउँदै उच्चतम स्ट्रक्चरल सेफ्टी सुनिश्चित गर्छ । नेपालमा यसको बिक्रीवितरण पायोनियर मोटो कर्पले गर्ने गरेको छ । जिकर एक्स रियर ह्विल ड्राइभको मूल्य ८४ लाख ९९ हजार रूपैयाँबाट सुरू हुन्छ भने अल ह्विल ड्राइभको मूल्य एक करोड ५४ लाख ९९ हजार रूपैयाँबाट सुरू हुने कम्पनीले जनाएको छ ।