काठमाडौं । जापानमा मानव तस्करी तथा सरकारी गागजात किर्ते गरेको अभियोगमा पक्राउ परेको कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानूनमन्त्री लीलाबल्लभ अधिकारीले शक्तिको आडमा उन्मुक्ति पाएका छन् ।
अधिकारीसहित १२ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने प्रहरीको रायमा सत्ताको आडमा अधिकारीले भने उन्मुक्त्ति पाएका छन् , उनी बाहेक ११ विरुद्ध मात्रै मुद्दा चलेको छ ।
प्रारम्भिक अनुसन्धानमै मानव तस्करीमा अधिकारीको भूमिका देखिएपछि गत २५ कात्तिकमा विराटनगरस्थित घरबाटै उनलाई प्रहरीले पक्राउ गरेको थियो ।
तीन साता लामो अनुसन्धानपछि प्रहरीले उनीसहित १२ जनाविरुद्ध नै मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन दिएको थियो । तर, सरकारी वकिल कार्यालयले अधिकारीले अनुसन्धानमा सघाएकोजस्ता विषयलाई आधार बनाएर मुद्दा नचलाउने निर्णय गरेको हो । मुद्दा नचल्ने निर्णय गरेपछि अधिकारी हिरासतमुक्त भएका छन् ।