काठमाडौं । नेपाल बैंक र सिद्धि पोलीप्याथ ल्याबबीच सम्झौता भएको छ । सम्झौताअनुसार नेपाल बैंकका कर्मचारीहरू एवं ग्राहकहरूले काठमाडौंको डिल्लीबजारस्थित सिद्धि पोलीप्याथ ल्याबद्वारा प्रदान गरिने विभिन्न सेवाहरूमा लाग्ने शुल्कमा विशेष छुट पाउन सक्ने छन् ।
नेपाल बैंक र काठमाडौंको डिल्लीबजारस्थित सिद्धि पोलीप्याथ ल्याबबीच मंसिर १२ गते भएको सम्झौताबमोजिम नेपाल बैंकमा कार्यरत कर्मचारीहरू एवं ग्राहकहरूलाई सिद्धि पोलीप्याथ ल्याबद्वारा प्रदान गरिने विभिन्न सेवाहरूमा लाग्ने शुल्कमा १० प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र सिद्धि पोलीप्याथ ल्याबको तर्फबाट प्रमुख वित्त अधिकृत सुजन प्रधानले हस्ताक्षर गरेका छन् ।