बेइजिङ (चीन) । राष्ट्रिय जनकंग्रेस (एनपिसी)का अध्यक्ष चाओ ल चीसँग चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको भेटवार्ता भएको छ । त्यस अवसरमा उनीहरुबीच नेपाल–चीन सम्बन्धका साथै पारस्परिक चासोका साझा विषय र संसदीय मामिलाका विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
राष्ट्रपति सी चिनफिङसँग प्रधानमन्त्री ओलीले भेटवार्ता गरेका थिए । प्रधानमन्त्री लि छ्याङ नेतृत्वको प्रतिनिधिमण्डलसँग आजै प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डलले द्विपक्षीय भेटवार्ता गरेको थियो । प्रधानमन्त्री लीको मैत्रीपूर्ण निमन्त्रणामा चार दिवसीय भ्रमणका क्रममा प्रधानमन्त्री ओली हिजो अपराह्न यहाँ आइपुगको हुन् ।