काठमाडौं । शाओमीले नेपालमा नयाँ ह्यान्डहेल्ड गार्मेन्ट स्टिमर सार्वजनिक गरेको छ । यो हलुका र कम्प्याक्ट डिभाइसले कपडालाई खुम्चिन नदिनुका साथै कपडालाई फ्रेस राख्न मद्दत गर्ने कम्पनीले जनाएको छ ।
शाओमी नेपालका कन्ट्री म्यानेजर मनु मनस्वीले कम्पनीको यस ह्यान्डहेल्ड गार्मेन्ट स्टिमरले दैनिक जीवनलाई अझ सजिलो र गुणस्तरीय बनाउन सहयोग गर्ने बताए । हल्का तौल, फोल्ड गर्न मिल्ने सुविधा र उन्नत स्टिमिङ प्रविधिले यस स्टिमरलाई कपडाको विशेष केयर गर्न चाहने जो कोहीको लागि उपयुक्त हुने उनको दाबी छ । शाओमी ह्यान्डहेल्ड गार्मेन्ट स्टिमरको तौल केवल सात सय ७० ग्राम रहेको छ । यसको फोल्ड गर्न मिल्ने डिजाइनले यसलाई सानो झोलामा पनि सजिलै स्टोर गर्न सकिन्छ ।
यो डिभाइसमा सेरामिक कोटेड डाइ–कास्ट एलुमिनियम प्यानल समावेश रहेको छ, यसले गर्दा यो मात्र २६ सेकेन्डमै तात्छ र यसले स्थिर तापक्रम पनि प्रदान गर्छ । सिल्क, सिन्थेटिक्स, लिनेन, नाइलन, ऊन र कपासजस्ता विभिन्न प्रकारका कपडामा प्रयोग गर्न मिल्ने यस गार्मेन्ट स्टिमरले बहुमुखी उपयोगिता प्रदान गर्ने कम्पनीको दाबी छ । शाओमी ह्यान्डहेल्ड गार्मेन्ट स्टिमरको मूल्य चार हजार दुई सय ९९ रुपैयाँ रहेको छ । नेपालभरका आधिकारिक शाओमीका आधिकारिक रिटेल स्टोरहरूमा यो उपलब्ध हुने कम्पनीले जनाएको छ ।