काठमाडौं । शेयर बजार परिसुचक ओरालो लागेको छ । अघिल्लो दिन २४ दशमलव ९७ अंकले उकालो लागेको नेप्से परिसुचक साताको चौंथो कारोबार दिन आज बुधबार भने २४ दशमलव ९७ अंकले ओरालो लागेर २७ सय ५० दशमलव ८० बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव १८ अंकले ओरालो लागेर चार सय ६९ दशमलव शुन्य तीन बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय २० वटा कम्पनीहरुको ९६ हजार छ सय ७७ पटक शेयर किनबेच भएको छ । जसबाट दुई करोड तीन लाख ३२ हजार ६६ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम नौ अर्ब १३ करोड २४ लाख ६८ हजार नौं सय छ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये जलबिद्युत, उत्पादनमुलक र लघुवित्त उपसमुहको सुचक उकालो लागेका छन् भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जीवन बीमा, निर्जीवन बीमा सहितका १० वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।