काठमाडौं । राजधानीस्थित अनामनगरमा सिभिल ब्रेसेस एन्ड डेन्टल केयर सञ्चालनमा आएको छ । सो डेन्टल केयरमा बाङ्गोटिङ्गो दाँतको तार बाँधेर अर्थात् ब्रसेस लगाउने र दाँतको सम्पूर्ण उपचार गरिने जनाइएको छ ।
सिभिल ब्रेसेस एन्ड डेन्टल केयरको सांसद चन्द्र प्रसाद भण्डारीको उपस्थितिमा उद्घाटन गरिएको हो । अर्थो डेन्टिस डाक्टर सीता सापकोटा खरेलले बालबालिकादेखि वृद्धवृद्धासम्म सबैको लागि सम्पूर्ण दाँतसम्बन्धी उपचार हुने स्थानको रूपमा सिभिल ब्रेसेस एन्ड डेन्टल केयर सञ्चालनमा आएको बताइन् । दाँतसम्बन्धी समस्याको भरपर्दो विशेषज्ञबाट उपचार हुनेछ । सो केयरबाट गुणस्तरीय सेवासँगै उद्घाटनको अवसरसँगै आउँदो पुस २२ गतेसम्म ३० प्रतिशत छुट पाइने छ । एमडीएस अध्ययन गरेकी डाक्टर सापकोटाले डेन्टल सञ्चालन गरेकी हुन् । सिभिल ब्रेसेस एन्ड डेन्टल केयरको अहिले २५ लाखभन्दा धेरै लगानी भएको छ भने बिस्तारै काठमाडौंका अन्य स्थानमा समेत शाखा खेल्ने डाक्टर सापकोटाको योजना छ ।
बाङ्गोटिङ्गो दाँतको तार बाँधेर अर्थात् ब्रेसेस लगाउने उपचारको लागि सिभिल ब्रेसेस एन्ड डेन्टल केयरमा उपचार हुनेछ । यस्तै, दैनिकरूपमा दन्त रोग विशेषज्ञ (बीडीएस, एमडिएस) बाट दन्त परीक्षण तथा उपचार, गिजा सुन्निएको, स्वास गन्हाउने, गिजाबाट रगत आउने तथा दन्त हर्षको समेत उपचार हुनेछ । डेन्टल केयर दाँत सफा गर्न, टल्काउनेदेखि दाँतमा सिमेन्ट भर्ने र दुःखेको दाँत तलैबाट निकाल्नेजस्ता सेवा तत्काल प्राप्त गर्न सकिने सञ्चालक डाक्टर सापकोटाले बताइन् ।