ढोरपाटन (बागलुङ) । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक धमाधम स्तरोन्नति भइरहेको छ । २१ वर्षपछि लोकमार्गको अक्षतेबाट काठेखोला गाउँपालिका–८ लेखानी गाउँ जोड्ने सडकको स्तरोन्नति थालिएको हो ।
सङ्घीय र प्रदेश सरकारको बजेटबाट गत वर्षदेखि नै स्तरोन्नति गर्न थालिए पनि कामले पूर्णता पाउन नसकेको काठेखोला–८ का अध्यक्ष प्रमानन्द कँडेलले जानकारी गराए । आर्थिक वर्ष २०८०/८१ मा पहिलो खण्डअन्तर्गत सुलडाँडा– भुदीखोला स्तरोन्नति भएको र यस वर्ष दोस्रो खण्डको काम धमाधम भइरहेको छ ।
उनले भुदीखोला–पैराखर्कसम्मको साढे तीन किलोमिटर ग्राभेलिङ चालु आर्थिक वर्षमा गरिने बताए । यो सडकका निम्ति रु पाँच करोड विनियोजन भएको छ । गण्डकी प्रदेश सरकारले विनियोजन गरेको रु. ५० लाखले तेस्रो खण्डअन्तर्गत पैराखर्क–शिवालय–पिपलथर–करलिम पनि चालु आवमा नै स्तरोन्नति गरिने उनले जानकारी दिए ।