काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले धनगढीस्थित होटल रुवसमा सुदूरपश्चिम प्रदेशबाट सीईओ क्लब सदस्यता प्राप्त गर्न सफल एक सय ६० जनाभन्दा बढी अभिकर्ताहरूलाई सम्मान गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सम्पन्न भएको सम्मान कार्यक्रममा विभागिय प्रमुख तथा सुदूर पश्चिम प्रदेशअन्तर्गतका शाखा कार्यालयहरूका शाखा प्रमुखहरूको सहभागिता रहेको थियो ।
प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमा दीप प्रज्वलन गर्दै शुभारम्भ गरिएको सो सम्मान कार्यक्रममा अभिकर्ताहरूलाई सीईओ क्लब सदस्यता वितरण गरिएको थियो भने प्रदेशबाट आफ्नो कोडमा र सञ्जालमा प्रथम, द्वितीय र तृतीय हुन सफल अभिकर्ताहरूलाई विशेष सम्मान तथा पुरस्कृत गरिएको थियो । यसैगरी यस प्रदेशबाट नेसनल रत्न हुने अभिकर्ताहरूलाई पनि नेसनल लाइफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरेका थिए ।
समारोहमा प्रमुख कार्यकारी अधिकृतले सीईओ क्लब र नेसनल रत्नअन्तर्गत योग्य हुने अभिकर्ताहरूलाई प्रदेशस्तरीयरूपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै जाने कम्पनीको योजनाअनुरूप सुदूरपश्चिम प्रदेशका अभिकर्ताहरूलाई सम्मान गरिएसँगै सीईओ क्लबको सातै प्रदेशको कार्यक्रम सकिएको बताउँदै सबै प्रदेशबाट यस कार्यक्रममा सहभागी जनाउने सबै अभिकर्ताहरूलाई धन्यवाद तथा बधाई ज्ञापन गरे । उनले अभिकर्ताहरू माझ लोकप्रिय रहेको कार्यक्रम चेयरपर्सन क्लब सदस्यता वितरणकै अनुसरण गरी सीईओ क्लब सदस्यता वितरण कार्यक्रमको धारणा ल्याइएको र यसबाट स–साना व्यवसाय गर्ने अभिकर्ताहरूलाई समेत समेटी आगामी दिनमा चेयरपर्सन क्लबमा पुर्याउने उद्देश्य रहेको बताए ।
समारोहमा सीईओ क्लब सदस्य र नेसनल रत्नबाट सम्मानित हुन सफल बिजनेस लिडरहरूले प्रमुख कार्यकारी अधिकृतबाट आफ्नै प्रदेशमा सम्मान ग्रहण गर्न पाउँदा आफूहरूको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको बताए ।