काठमाडौं, असार २९
सेयर बजारको उकालो लाग्ने क्रमले साताको सुरुवाती कारोबार दिन आइतबार नै निरन्तरता पाएको छ । यसदिन बजार परिसूचक नौ दशमलव दुुई अंकले उकालो लागेर १३ सय ४० दशमलव २९ अंकमा चढेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि यसदिन शून्य दशमलव ९३ अंकले उकालो लागेर दुुई सय ८१ दशमलव ४२ अंकमा चढेको छ । यसदिन कुुल एक सय ७९ कम्पनीहरूको कारोबार भएको छ । जसअनुुसार १६ हजार आठ सय २६ वटा कारोबारमा २६ लाख ७८ हजार पाँच सय सात कित्ता सेयर खरिद बिक्री हुँदा कारोबार रकम एक अर्ब ११ करोड १० लाख ९० हजार दुुई सय ७२ रुपैयाँ पुुगेको छ ।
यसदिन नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा १२ वटा समूहको कारोबार भएका छन् । जसअनुुसार पाँचवटा समूहको सूचक ओरालो लागेका छन् भने सातवटा समूहको सूचक उकालो लागेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक एक दशमलव १४ अंकले ओरालो लागेर ११ सय २३ दशमलव ३४ अंकमा झरेकोमा विकास बैक समूहको सूचक पनि चार दशमलव एक अंकले ओरालो लागेर १७ सय तीन दशमलव १२ अंकमा झरेको छ । यसैगरी होटल समूहको सूचक पनि ५३ दशमलव २२ अंकले ओरालो लागेर १४ सय ७४ दशमलव ३७ अंकमा झरेकोमा जलविद्युुत् समूहको सूचक पनि शून्य दशमलव ३८ अंकले ओरालो लागेर नौ सय ५६ दशमलव ६८ अंकमा झरेको छ ।
यसबाहेक सामूहिक लगानी कोष समूहको सूचक पनि शून्य दशमलव शून्य एक अंकले ओरालो लागेको छ । फाइनान्स समूहको सूचक भने यसदिन छ दशमलव ५४ अंकले उकालो लागेर छ सय ५९ दशमलव ६९ अंकमा चढेकोमा लघुुवित्त समूहको सूचक पनि ८२ दशमलव ६४ अंकले उकालो लागेर दुुई हजार तीन सय ३२ दशमलव ४९ अंकमा चढेको छ । निर्जीवन बीमा समूहको सूचक पनि ८० दशमलव ५४ अंकले उकालो लागेर छ हजार दुुई सय ३८ दशमलव ११ अंकमा चढेकोमा जीवन बीमा समूहको सूचक पनि एक सय ९७ दशमलव २४ अंकले उकालो लागेर आठ हजार दुुई सय चार दशमलव ६२ अंकमा चढेकोे छ । यीबाहेक उत्पादनमूलक र अन्य समूहको सूचक पनि क्रमशः १७ दशमलव ३५ र सात दशमलव ७८ अंकले उकालो लागेका छन् ।
यसदिन कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको सूर्योदय लघुुवित्त वित्तीय संस्थाको सेयर मूल्य नौ रुपैयाँ ९९ पैसाले बढेर नौ सय ६९ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको स्वरोजगार लघुुवित्त वित्तीय संस्थाको सेयर मूल्य नौ रुपैयाँ ९८ पैसाले बढेर नौ सय ३७ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था, वोमी माइक्रोफाइनान्स आदि परेका छन् । गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको तिनाउ मिसन डेभलपमेन्ट बैंकको सेयर मूल्य पाँच रुपैयाँ ७६ पैसाले घटेर एक सय ८० रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको जोशी हाइड्रोपावर कम्पनीको सेयर मूल्य पाँच रुपैयाँ ५६ पैसाले घटेर ५१ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक माछापुुच्छ्रे बैक, राधी जलविद्युुत् कम्पनी आदिको सेयर मूल्य पनि घटेका छन् ।
यसदिन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता १२ सय ७६ रुपैयाँ अन्तिम मूल्यमा १६ करोड पाँच लाख ४१ हजार दुुई सय ८३ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल पुनर्बीमा कम्पनीको प्रतिकित्ता पाँच सय नौ रुपैयाँ अन्तिम मूल्यमा १३ करोड ३४ लाख ४८ हजार चार सय ६० रुपैयाँको कारोबार भएको छ । यीबाहेक एनआईसी एसिया बैंक, एनएमबी बैक आदिको पनि बढी रकम कारोबार भएका छन् ।
नेप्सेका अनुसार यसदिन मञ्जुुश्री फाइनान्सको एक दशमलव ७५ प्रतिशत अर्थात् एक लाख ४० हजार सात सय १० दशमलव ५४ कित्ता बोनस सेयर सूचीकृत भएको छ । यसैगरी युनाइटेड फाइनान्सको पनि तीन प्रतिशत अर्थात् तीन लाख तीन हजार एक सय ५५ दशमलव ७२ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।