काठमाडौं । बैंकहरूले २० अर्ब ६० करोड रुपैयाँ मुनाफा कमाएका छन् । जुन चालू आर्थिक वर्षको पहिलो चार महिना (साउनदेखि कात्तिक)मा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले कमाएकोे नाफा हो । गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूले २० अर्ब ५६ करोड रुपैयाँ नाफा कमाएका थिए ।
सबैभन्दा धेरै नाफा नबिल बैंकले कमाएको छ । नबिलले दुई अर्ब ६९ करोड १० लाख ४० हजार रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा नबिलको नाफा दुई अर्ब १६ करोड ९६ लाख ६० हजार रुपैैयाँ थियो । नबिलपछि ग्लोबल आईएमई बैंकले धेरै नाफा कमाएको छ । ग्लोबल आईएमईले चार महिनामा एक अर्ब ९४ करोड रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ग्लोबलको नाफा नाफा दुई अर्ब रुपैयाँ थियो ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पनि एक अर्ब ८२ करोड नौ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिमा एक अर्ब ८६ करोड ६८ लाख ८० हजार रुपैयाँ नाफा कमाएको थियो । यसैगरी हिमालयन बैंकले पनि ९१ करोड ८८ लाख ७० हजार रुपैयाँ कमाएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिमा एक अर्ब ५० करोड ६६ लाख २० हजार रुपैयाँ थियो । कुमारी बैंकले पनि चालु आर्थिक वर्षको पहिलो चार महिनामा एक अर्ब ५९ करोड ५० लाख आठ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । जुन गत वर्षको सोही अवधिमा एक अर्ब १४ करोड ५३ लाख २० हजार रुपैयाँ थियो ।
नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, स्टान्डर्ड चार्टर्ड बैंक नेपालले क्रमश: ९३ करोड ८८ लाख २० हजार, ५५ करोड २७ लाख ५० हजार, एक अर्ब १३ करोड ७३ लाख १० हजार रुपैयाँ नाफा कमाएका छन् । गत आर्थिक वर्षको पहिलो चार महिनामा यी बैंकहरूले क्रमशः ६६ करोड ८१ लाख ६० हजार रुपैयाँ, एक अर्ब २० करोड ६७ लाख ४० हजार रुपैयाँ र ९८ करोड १९ लाख ८० हजार रुपैयाँ कमाएका थिए । नेपाल एसबीआई, एभरेष्ट र एनआईसी एसिया बैंकले क्रमशः एक अर्ब ७१ लाख रुपैयाँ, एक अर्ब ५० करोड ९३ लाख रुपैयाँ र ३८ करोड ८१ लाख ४० हजार रुपैयाँ नाफा कमाएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा यि बैंकहरूले क्रमश ः ६० करोड ५६ लाख रुपैयाँ, एक अर्ब आठ करोड दुई लाख १० हजार रुपैयाँ र एक अर्ब ३७ करोड ७६ लाख ६० हजार रुपैयाँ नाफा कमाएका थिए । लक्ष्मी सनराइज बैंक, सिद्धार्थ बैंक र कृषि बिकास बैंकले क्रमशः एक अर्ब छ करोड ९६ लाख ६० हजार रुपैयाँ, ६६ करोड ७८ लाख रुपैयाँ र १९ करोड नौ लाख २० हजार रुपैयाँ नाफा कमाएका छन् । यी बैंकहरूले गत आर्थिक वर्षको पहिलो चार महिनामा क्रमशः ५१ करोड ५९ लाख ९० हजार रुपैयाँ, ३३ करोड ३८ लाख ६० हजार रुपैयाँ र ६० करोड ९२ लाख ४० हजार रुपैयाँ कमाएका थिए ।
सिटिजन्स बैंक इन्टरनेसनल, प्राइम कमर्सियल र एनएनएमबी बैंकले यस आर्थिक वर्षको पहिलो चार महिनामा क्रमशः ४३ करोड ८६ लाख ४० हजार रुपैयाँ, एक अर्ब ६२ करोड ६४ लाख ४० हजार रुपैयाँ र एक अर्ब ४८ करोड ३२ लाख ३० हजार रुपैयाँ नाफा कमाएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा यी बैंकहरूले क्रमशः ५८ करोड २४ लाख २० हजार रुपैयाँ, एक अर्ब ५३ करोड ४४ लाख ६० हजार रुपैयाँ र एक अर्ब २३ करोड ८५ लाख ६० हजार रुपैयाँ नाफा कमाएका थिए । प्रभु बैंक, सानिमा बैंक र माछापुच्छ्रे बैंक पनि क्रमशः एक अर्ब २३ करोड १० लाख छ हजार रुपैयाँ, ६५ करोड १३ लाख रुपैयाँ र ६८ करोड ९७ लाख ३० हजार रुपैयाँ नाफा कमाएका छन् ।