पोखरा । कास्की जिल्ला अदालत पोखरामा रास्वपा सभापति रवि लामिछानेको म्याद थपका लागि बहस भइरहेको छ । अहिले न्यायाधीश चन्द्रकान्त पौड्यालको इजलासमा म्याद थपको बहस भइरहेको छ ।
अदालतमा रविसहित ४ जनालाई उपस्थित गराइएको छ । प्रहरीले रवीलाई अझै ९ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति माग गर्दै बिहीबार अदालत उपस्थित गराएको हो ।
प्रहरी स्रोतका अनुसार बिहीबार अन्तिम पटक म्याद थपेर रविलाई अर्को पटक अदालत उपस्थित गराउँदा अभियोजन पत्र पनि दायर गर्ने तयारी रहेको छ ।
गत कात्तिक २ गते सहकारी ठगी प्रकरणमा काठमाडौंबाट पक्राउ परेका रविलाई पछिल्लो पटक ४ दिन थपिएको म्याद बिहीबार सकिने भएकाले उनलाई फेरि अदालतमा उपस्थित गराइएको हो । रविलाई बुधबारमात्र पर्सा हुँदै काठमाडौं ल्याइएको थियो ।