काठमाडौँ । नयाँ नेतृत्व चयन गर्न नेपाल पत्रकार महासङ्घको शुक्रबार निर्वाचन हुँदैछ । केन्द्रीय निर्वाचन समितिले शुक्रबार बिहान ९ः०० देखि अपराह्न ४ः०० बजेसम्म मतदान हुने जनाएको छ ।
निर्मला शर्मा, रमेश विष्ट, देवीप्रसाद सापकोटा, र लालसिंह लामाको केन्द्रीय अध्यक्षका लागि उम्मेदवारी परेको छ भने वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, गोविन्दप्रसाद चौलागाईँ र रोसन पुरीले उम्मेदवारी दिएका छन् ।
यसैगरी, महिला उपाध्यक्षमा नितु पण्डित, गङ्गा पौडेल र समावेशी उपाध्यक्षमा मोहनकुमार सिंह, उमिद बागचन्द र सुभाषप्रसाद साह, महासचिवमा प्रकाश थापा, रामप्रसाद दाहाल, जन्मदेव जैशी र लेखनाथ न्यौपानेले उम्मेदवारी दिएका छन् । शुक्रबार केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयन हुनेछ ।