काठमाडौं । बुटवलमा घर निर्माणसम्बन्धी परामर्श कार्यक्रम सञ्चालन गरिने भएको छ । स्किल सेवा प्रालिले घर निर्माणसम्बन्धी एक दिवसीय निःशुल्क प्रावधिक परामर्श सेवा दिन लागेको हो । यही पुस ६ गते शनिबार मनिग्राम बिस्राम बाटिका होटल, बुटवलमा प्राविधिक परामर्श सेवा प्रदान गरिने आयोजनकले जनाएको छ । घर निर्माण मात्र नभई समस्यारहित, दिगो, सुरक्षित घर कसरी निर्माण गर्ने भन्ने बारेमा विशेष परामर्श सेवा दिइने कम्पनीले जनाएको छ । परामर्शका लागि स्किल सेवाको प्रमुख कार्यालयबाट संस्थापन समूह नै बुटवलमा हुनेछन् । बुटवलमा बनेका प्रायः नयाँ घरहरूमा नै सिपेज, लिकेज र क्र्याकजस्ता समस्याहरू बढी देखिएकाले बुटवल जिल्लामा यस कार्यक्रम अयोजना गरिएको बुटवल शाखा प्रबन्धक दिक्षित केसीले बताए । पछिल्लो समय घर निर्माण गर्नु हाम्रो सपना, मानसम्मान, प्रतिष्ठा र सौखको विषय बनेको कम्पनीका बुटवल शाखा प्रबन्धक दिक्षित केसीले बताए । घरमा सिपेज, भित्ता चर्कर्ने, पेन्ट उप्कने आदिजस्ता विविध समस्या समाधानको लागि विस्तृत प्राविधिक परामर्श सेवा दिनका लागि घरको डाक्टर उपनामले परिचित यस कम्पनीले परामर्श कार्यक्रम गर्न लागेको हो ।
घर निर्माण गर्ने योजना भएका वा घर निर्माण गरी रहेको वर्ग परामर्श सेवाबाट फाइदा लिन सक्ने छन् । घर निर्माण गर्दा ध्यान दिनुपर्ने कुराहरू, घर निर्माण गर्दा हामीबाट हुने कमी कमजोरी एवम् प्रक्रियागत त्रूटिको बारेमा ध्यान नदिँदा विभिन्न किसिमका जोखिमहरू आउने गरेका छन् । यसको लागि घर निर्माण गर्नुपूर्व प्राविधिकको परामर्श लिनु आवश्यक पर्ने उनको भनाइ रहेको छ । घर निर्माण प्राविधिक त्रूटि र मापदण्ड प्रक्रिया बारेमा पनि यस कार्यक्रममार्फत बुझ्न सकिन्छ ।
कम्पनीले समस्यारहित घर निमार्णका लागि निःशुल्क परामर्शहरू दिने गरेको छ । कम्पनीले ४० हजारभन्दा बढी घरहरूको चेकजाँच गरिसकको संस्थापक महेश तिमिल्सिना बताउँछन् । यस कार्यक्रमको लाभ भने सुरूमा बुक गर्ने २५ जना मात्रै पाउने जनाइएको छ ।