काठमाडौं, असार ३०
सिद्धार्थ बैंक लिमिटेडले हेल्प नेपाल नेटवर्कलाई सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सोमबार दोलखास्थित राजकुलेश्वर आधारभूत विद्यालयको भवन पुनर्निर्माण गर्नका लागि पाँच लाख रुपैयाँ सहयोग गरेको हो । सो रकम बैंकका हेड अफ सर्कल अफिस, लाजिम्पाटकी निमा नेपालले हेल्प नेपाल नेटवर्कका कार्यक्रम संयोजक सिंहलाई हस्तान्तरण गरेकी हुुन् ।
बैंकबाट प्राप्त उक्त रकम हेल्प नेपाल नेटवर्कले २०७२ सालको विनाशकारी भूकम्पले क्षति भएको दोलखाको भीमेश्वरस्थित राजकुलेश्वर आधारभूत विद्यालयको भवन पुनर्निर्माण कार्यको लागि उपयोग गर्नेछ । नेपालको दुर्गम क्षेत्रको बालबालिकाको शिक्षा तथा स्वास्थ्य क्षेत्रमां टेवा पु-याउने उद्देश्य रहेको गैरसरकारी संस्था, हेल्प नेपाल नेटवकलाई पु-याएको यस सहयोगबाट बैंकले शिक्षाको क्षेत्रमा केही हदसम्म भए पनि उत्थान पुग्ने र आगामी दिनहरूमा पनि यस्ता संस्थागत सामाजिक उत्तरदायित्वलाई सधैं आफ्नो उच्च प्राथमिकतामा राख्ने जानकारी दिएको छ ।