काठमाडौं, असार ३०
ग्लोबल आईएमई बैंकले वाग्मती प्रदेशलाई सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कोरोना रोेकथाम तथा नियन्त्रणका लागि वाग्मती प्रदेश सरकारलाई १० लाख रुपैयाँ सहयोग गरेको हो । बैंकका अनुसार आइतबार एक कार्यक्रमकाबीच बैंकका शाखा प्रबन्धकहरू नारायणप्रसाद पौडल, लक्ष्मण पौडल र दिपेन्द थापाले संयुक्तरूपमा वाग्मती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणी पौडेललाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुुन् ।
उक्त कार्यक्रममा मुख्यमन्त्री पौडेलले कोराना रोकथाम तथा नियन्त्रणका लागि सहयोग प्रदान गरेकोमा बैंकलाई धन्यवाद दिँदै भविष्यमा पनि यस्तो कार्यलाई निरन्तरता दिन आग्रह गरे । कोभिड १९ ले आम विश्व समुदायलाई त्रसित बनाइरहेको अवस्थामा नेपाल र नेपाली उच्च जोखिममा रहेको यस घडीमा यस योगदानबाट यो भाइरसविरुद्व लड्न थप प्रेरणा र सहयोग हुने विश्वास बैंकले लिएकोे छ । बैंकले स्थापनाकालदेखि नै दैवी तथा अन्य विपत्तिको अवस्थामा आफ्नो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न कार्यहरूमा सहयोग गर्दै आएको छ र आगामी दिनहरूमा समेत यस्तो सहयोगलाई निरन्तरता दिँदै जानेछ ।