काठमाडौं, शेयर बजार परिसुचक नेप्से उकालो लागेको छ । अघिल्लो दिन १३ अंकले ओरालो लागेको नेप्से परिसुचक साताको दोस्रो कारोबार दिन आज सोमबार भने २८ दशमलव ९१ अंकले उकालो लागेर २६ सय १२ दशमलव २० बिन्दुमा उक्लिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ४८ अंकले उकालो लागेर चार सय ४६ दशमलव ५६ बिन्दुमा उक्लिएको छ ।
धितोपत्र बजारमा आज तीन सय २८ वटा कम्पनीहरुको ५५ हजार नौं सय ३८ पटक शेयर किनबेच भएको छ । सो अनुसार आज ८९ लाख आठ हजार आठ सय ५१ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम चार अर्ब ४३ करोड २४ हजार छ सय तीन रुपैयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये सामुहिक लगानी कोष उपसमुहको सुचक ओरालो लागेको छ भने बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १२ वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।