काठमाडौं । नेपालको प्रमुख लाइफस्टाइल इलेक्ट्रोनिक्स ब्रान्ड अल्टिमाले आफ्नो नयाँ वायरलेस इयरबड्स अल्टिमा बुम १८१ एएनसी नेपाली बजारमा उपलब्ध गराएको छ ।
एक्टिभ नोइज क्यान्सलेसन, उच्च–गुणस्तरको ध्वनि र लामो ब्याट्री लाइफजस्ता उन्नत सुविधाहरूले भरिएको बुम १८१ एएनसीको मूल्य तीन हजार ९९९ रूपैयाँ तोकिएको छ । कम्पनीले केही सयमको लागि यसको मूल्य एक हजार नौ सय ९९ रूपैयाँमा मात्र तोकेको छ । यो विशेष अफर सीमित समयका लागि अधिकृत खुद्रा विक्रेता र दराज, ब्रदरमार्ट, हुकुट, जीभी ,खल्ती, इ–सेवा, नियो स्टोरजस्ता प्रमुख अनलाइन प्लेटफर्महरूमा उपलब्ध छ । अल्टिमा बुम १८१ एएनसीले ४५ घण्टासम्मको कुल प्ले टाइम र एकपटक चार्जमा छ घण्टा प्ले टाइममा उपलब्ध रहेको छ । १० मिनेट चार्जमा एक सय २० मिनेट अतिरिक्त प्ले टाइमका लागि थ्रीसी बुस्ट चार्जिङ टेक्नोलोजीसमेत यसमा छ । आईपीएक्स५ वाटर रेसिस्टेन्ट भएकाले यो कसरत र दैनिक गतिविधिका लागि उपयुक्त रहेको कम्पनीको दाबी छ ।
बुम १८१ एएनसी कार्बन ह्वाइट र कार्बन ब्ल्याक रङहरूमा उपलब्ध छ । प्याकेजमा इयरबड्स, टाइप–सी केबल, थप इयर टिप्स, छ महिनाको ब्रान्ड वारेन्टी, र ३० दिनको रिप्लेसमेन्ट ग्यारेन्टी समावेश छ । बुम १८१ एएनसीले नेपालमा सस्तो र गुणस्तरीय इयरबड्सको नयाँ मापदण्ड कायम गरेको कम्पनीको दाबी छ । कम्पनीका अनुसार अल्टिमा एक नेपाली इलेक्ट्रोनिक्स ब्रान्ड हो, जसले उच्च–गुणस्तरका लाइफस्टाइल उत्पादनहरू प्रदान गर्ने प्रतिबद्धता राखेको छ ।