काठमाडौँ । भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले गहिरो शोक व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा नेतासिंहसँगको आफ्नो तस्बिर सार्वजनिक गर्दै नेपाल र भारतको आपसी हितका विषयमा सिंहसँग भएका संवाद सम्झिरहेको उल्लेख गरे ।
“मित्रराष्ट्र भारतका पूर्वप्रधानमन्त्री, प्रतिष्ठित अर्थशास्त्री, मेरा मित्र डा. मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ । नेपाल र भारतको आपसी हितका विषयमा उहाँसँग भएका संवादहरु सम्झिरहेको छु । दिवङ्गत मनमोहन सिंहप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु”, प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेका छन् ।