काठमाडौँ, असार ३१ बुुटवल पावर कम्पनीको सेयर रजिष्टर्डमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ । कम्पनीका कम्पनीका अनुसार यही साउन एक गतेदेखि लागू हुुनेगरी नबिल इन्भेष्टमेन्टलाई सेयर रजिष्टर्डमा नियुुक्त गरिएको हो । यसअघि कम्पनीको सेयर रजिष्टर्डमा एनएमबी क्यापिटल लिमिटेड रहेको थियो । उक्त कम्पनी रजिष्टर्ड सेवासम्बन्धी सम्झौताको अवधि यही असार ३१ गते समाप्त भएसँगै साउन एक गतेदेखि भने नबिल इन्भेष्टमेन्टलाई नियुक्त गरिएको कम्पनीले जानकारी दिएको छ ।