काठमाडौं । कजरिया रमेश टाइल्स लिमिटेडले नेपालमा प्रिमियम सिरेमिक टाइल सेगमेन्टको उत्पादन सुरु गरेको छ । कम्पनीले नेपालमा ३००–४५० एमएम सिरेमिक टाइलहरूको नयाँ शृङ्खलाको उत्पादन लाइनलाई विस्तार गरेको हो ।
कम्पनीले सिरेमिक टाइल्स क्षेत्रमा आफ्नो प्रभावशाली प्रवेशको संकेत दिएको छ । यसअघि कम्पनीले ६००–६०० एमएम र ६००–१२०० एमएमको ग्लेज्ड भिट्रिफाइड टाईल्सका साथै ४००–४०० एमएमको हेभी ड्युटी भिट्रिफाइड टाइल्स बजारमा ल्याइसकेको छ । यी टाइलहरू अहिले पनि व्यापकरूपले लोकप्रिय रहेको कम्पनीले जनाएको छ । कजरिया टाइल्सले नेपालभर एक सयभन्दा बढी डिलर र वितरकहरूको विशाल नेटवर्क निर्माण गरेको छ, यसले ग्राहकहरूलाई कम्पनीका उत्कृष्ट उत्पादनहरू सजिलै प्राप्त गर्न मद्दत पुर्याएको छ । यी टाइलहरू नेपालमा नै उत्पादन हुने भएकाले उच्च गुणस्तरको सुनिश्चितता गर्दै उत्पादन लागत पनि कम गर्ने जनाइएको छ ।
कजरिया टाइल्सले आयातित भारतीय टाइलहरूको तुलनामा २०–२५ प्रतिशत कम मूल्यमा उत्पादनहरू उपलब्ध गराउने जनाइएको छ । सोही कारण पनि कजरिया टाइल्स नेपाली उपभोक्ताहरू माझ किफायती र प्रिमियम विकल्पको रूपमा प्रस्तुत हुने कम्पनीको दाबी छ । सिरेमिक टाइलहरू आफ्नो विविधता, टिकाउपन र मर्मतसम्भार गर्न सजिलो हुने कारणले भित्री स्थानहरूमा प्रयोगका लागि उत्तम विकल्प मानिन्छ । कजारिया रमेश टाइल्सले विभिन्न डिजाइन, रङ र साइजका विकल्पहरू प्रस्तुत गर्छ, यसले तिनीहरूलाई भान्सा, बाथरूम र बैठक कोठामा प्रयोग गर्न उपयुक्त बनाउँछ । दाग र मोइस्चर प्रतिरोध गर्न सक्ने क्षमताले तिनीहरूलाई आधुनिक घरहरूमा प्रयोगका लागि उपयोगी, आकर्षक र दीर्घकालिक प्रयोगको लागि उत्तम बनाउँछ । सिरेमिक टाइलहरू भुइँ र पर्खाल दुवैको लागि भरपर्दो विकल्प हुन ।
कजरिया रमेश टाइल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले कम्पनीको ३००–४५० एमएम सिरेमिक टाइल्स उत्पादन गर्ने निर्णयले आवासीय र व्यावसायिक स्थान दुवैका लागि उच्च गुणस्तरका विविध विकल्पहरू प्रस्तुत गर्ने बताए । स्टाइल, टिकाउपन र सजिलो मर्मतसम्भारमा ध्यान केन्द्रित गर्दै, यी टाइलहरूले विभिन्न ग्राहकहरूको आवश्यकताहरू पूरा गर्ने उद्देश्य राखिएको छ । कम्पनीले कजरिया रमेश टाइल्स लिमिटेडले, रमेश कर्प र भारत को नं. १ टायल निर्माता कजरिया सिरामिक्सको संयुक्त लगानीमा नवलपरासीमा नेपालकै सबैभन्दा ठूलो टाइल उत्पादन कारखाना निर्माण गरिरहेको छ ।
चार सय करोड रुपैयाँको लगानीमा निर्माण हुने यस परियोजनाले वार्षिक ५२ लाख मिलियन स्क्वायर मिटर टाइल्स उत्पादन गर्नेछ, जसले हजारौँ रोजगारी सिर्जना गर्ने र स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउनेछ । यस परियोजनाले दिगो विकासमा जोड दिँदै स्थानीय सामग्रीहरूको प्रयोग गर्नेछ । आवासीय र व्यावसायिक स्थानहरूका लागि उच्च गुणस्तरको किफायती टाइलहरू उपलब्ध गराउनेछ ।