काठमाडौं । नेपालका लागि चांगान तथा दिपलका फ्यचरिस्टिक ईभीको आधिकारिक आयातकर्ता एमएडब्लु वृद्धि अटोकर्प प्रालि चांगानको प्रतिष्ठित साङ्ग्रिला न्यु इनर्जी नीति अवार्डबाट सम्मानित भएको छ । विद्युतीय सवारीसाधनको विस्तारमा अद्वितीय योगदान पुर्याउनुका साथै नेपाली अटोमोबाइल बजारमा महत्वपूर्ण भूमिका निभाएको भन्दै चिनियाँ अटोमोबाइल समूह चांगानले एमएडब्लु वृद्धिलाई सो अवार्डले सम्मानित गरेको हो । एमएडब्लु वृद्धिका अध्यक्ष विष्णुकुमार अग्रवाललाई चांगानको हेडक्वार्टर चीनको चोङकिङ प्रान्तमा भएको ‘चांगान ग्लोबल पार्टनर्स कन्फिरेन्स’मा यो अवार्ड हस्तान्तरण गरिएको हो । हरित र स्मार्ट भविष्यको विकास गर्दै दीर्घकालीन गतिशीलतामा एमएडब्लु वृद्धिको प्रतिबद्धता र नेपालमा ईभीको सफल प्रवर्द्धनलाई मध्यनजर गरी यो अवार्ड दिइएको चांगान ग्लोबलले जनाएको छ ।
‘यो सम्मानले हाम्रा ग्राहक र साझेदारको विश्वास र साथलाई प्रतिनिधित्व गर्छ,’ अवार्ड ग्रहण गरेपछि एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु कुमार अग्रवालले भने, ‘हामी सफल र सुदृढ भविष्यका लागि नेपालमा अत्याधुनिक विद्युतीय सवारीसाधन र दीर्घकालीन समाधान ल्याउन प्रतिबद्ध रहनेछौँ ।’ दीर्घकालीन भविष्यको नेतृत्व गर्ने चांगानको विश्वव्यापी नीतिलाई अवलम्बन गर्दै एमएडब्लु वृद्धिले फ्युचरिस्टिक र ग्राहकमैत्री उत्पादनहरूमार्फत नेपालको ईभी क्रान्तिलाई अघि बढाइरहेको जनाएको छ । चांगान चीनको सबैभन्दा पुरानो अटोमोबाइल कम्पनी हो, जसको एक सय ६२ वर्ष लामो विरासत छ । ८ महिनाअघि नेपालमा सार्वजनिक भएको दिपल ईभी अहिलेसम्ममा छ सय ५० भन्दा बढी बिक्री भइसकेका छन् । विशेषता यसको डिजाइन र टेक्नोलोजीका कारण यो ग्राहकको रोजाइमा परेको हो ।