काठमाडौं । काठमाडौंको पिंगलास्थानस्थित बागमती होटलमा बुधबार दिउँसो अन्दाजी २२ वर्षकी एक युवती मृत अवस्थामा भेटिएकी छिन् । युवती होटलको कोठा नम्बर ३०८ मा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार स्थानीय जनप्रतिनिधिसहितको उपस्थितिमा बुधबार दिउँसो ढोका नखुलेपछि कोठाको ढोका खोलेर हेर्दा युवतीको शव फेला परेको हो । प्रहरीले घटनाबारे आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ ।
काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त गौशालाबाट घटनाको अनुसन्धन अघि बढाइएको प्रहरीद्वारा जनाइएको छ । प्रहरी वृत्त गौशालाबाट मृतकका आफन्तबाट जाहेरी दरखास्त लिई थप अनुसन्धान कारबाही अघि बढाइएको छ ।