काठमाडौँ, साउन १
घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले मृतक परिवारलाई राहत दिएको छ । संस्थाले शाखा कार्यालय फेटा बाराबाट गठित केन्द्र नं. ०१ की सदस्य श्रीमती लालमुनि देवी र निजको श्रीमान् जोगेन्द्र रावत विनको मृत्युपश्चात् उनका देवरानी श्रीमती भागो कुमारी देवीलाई र सोही केन्द्रका अर्को सदस्य श्रीमती भागोकुमारी देवीको श्रीमानको मृत्युपश्चात् दिइने काजकिरिया खर्च समेत एक कार्यक्रमका बीच बीमाको क्षतिपूर्ति रकम उपलब्ध गराएको जनाएको छ ।
सदस्य श्रीमती लालमुनि देवीले संस्थाबाट ६० हजार रुपैयाँ कर्जा लिएकोमा निजको मृत्युपश्चात् संस्थाको नियमानुसार कर्जाको साँवा र ब्याज रकम मिनाहा गरेको र कर्जा बीमाअन्तर्गत सदस्य तथा श्रीमानको मृत्युपश्चात् दिइने १५ हजार बराबरको काजकिरिया खर्च र श्रीमती भागोकुमारी देवीको श्रीमानको मृत्युपश्चात् दिइने पाँच हजार काजकिरिया खर्च हस्तान्तरण गरिएको थियो ।
संस्थाले आफ्ना ग्राहक सदस्यहरूको हित तथा संरक्षण गर्न र उनीहरूलाई आपत्कालीन अवस्थामा टेवा पु-याउने उद्देश्यअनुरूप विभिन्न कार्यक्रम तथा सहयोग रकम हस्तान्तरण गर्दै आइरहेको छ । दुःखको समयमा संस्थाले सहयोग स्वरूप रकम हस्तान्तरण गरेकोमा केन्द्रका सम्पूर्ण सदस्यहरूले संस्थालाई धन्यवाद दिएका थिए । उक्त कार्यक्रममा शाखाका तर्फबाट शाखा प्रबन्धक श्यामबाबुप्रसाद यादव तथा कर्मचारी जितेन्द्रकुमार गुप्ताको उपस्थिति रहेको थियो ।