नवलपरासी । बर्दघाट सुस्ता पश्चिम) । पूर्व–पश्चिम राममार्गअन्तर्गत बुटवल–नारायणगढ सडक बाक्लो हुस्सुका कारण अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रेशम बोहराले पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खुर्सानी खोलाको सडक चिप्लो भएपछि राजमार्ग अवरुद्ध भएको जानकारी दिए । बाटो चिप्लो भएकाले सवारीसाधन चलेका छैनन् ।
पश्चिम नवलपरासी र दाउन्ने क्षेत्रमा मंगलबारदेखि नै बाक्लो हुस्सु लागेको छ । बुधबार विहान २ बजेदेखि बाटो दुईतर्फी अवरुद्ध भएको हो । बाटो खुलाउन निरन्तर प्रयास भइरहेको सूचना अधिकारी रेशम बोहराले बताए ।