पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबी लामिछानेलाई धरौटीमा छोड्न जिल्ला अदालत कास्कीले आदेश दिएको छ । जिल्ला न्यायाधीश नितिज राईको इजलासले बिहीबार लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरको अनुसन्धानमा तानिएका लामिछानेलाई गत कात्तिक २ गते काठमाडौंको च:मतिस्थित रास्वपा केन्द्रीय कार्यालयबाट प्रहरीले पक्राउ गरेर कास्की लगेको थियो।