काठमाडौं, साउन २
वर्तमान महामारीलाई मध्यनजर गर्दै नबिल बैंकले सम्पूर्ण ऋणी ग्राहकहरूको आवश्यकतालाई सहज पर्ने उद्देश्यले ‘३६औं वार्षिर्कउत्सव योजना’ ल्याएको छ । उक्त योजनाअन्तर्गत, बैंकले रिटेल कर्जा, घर कर्जा, धितो कर्जा, व्यक्तिगत ओभर ड्राफट र साना तथा मझौला व्यवसाय कर्जामा विशेष ब्याज छुट दिनेछ ।
यसअन्तर्गत घर कर्जामा सात दशमलव ९९ प्रतिशत, धितो कर्जामा आठ दशमलव ४९ प्रतिशत, व्यक्तिगत ओभर ड्राफ्टमा आठ दशमलव ४९ प्रतिशत र साना तथा मझौला कर्जामा सात दशमलव ९९ प्रतिशत छुुट दिइने बैंकले जानकारी दिएको छ । सीमित समयको लागि बैंकले ल्याएको विशेष छुट वार्र्षिकोत्सव योजनाको प्रक्रिया सबै शाखाहरूबाट अगाडि बढाउन सकिनेछ । यस योजनाबाट रिटेल र साना तथा मझौला व्यवसायका ग्राहकहरूलाई केही सहायता पुग्ने बैंकले विश्वास गरेको छ ।
सन् १९८४ देखि आफ्ना सम्माननीय ग्राहकहरूलाई समायनुकूल सेवा प्रदान गर्दै आएको नबिल बैंकको हाल एक सय १८ शाखा, एक सय ७५ एटीएम र १५ सयभन्दा बढी नबिल रेमिट एजेन्टहरू रहेको छ । बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुंगाको रूपमा काम गर्दै आएको छ । बैंक ग्राहकवर्गको उच्च सन्तुष्टि एवं आधुनिक बैंकिङ युगको सुरुवात गर्नेतर्फ केन्द्रित रहेको जनाएको छ ।