काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडको २३औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । फाइनान्सले आइतबार हरिहर भवन, ललितपुरमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो । सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष युवराज भण्डारीले पेस गरेको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ । हाल फाइनान्सको कुल निक्षेप आठ अर्ब ३५ करोड र कर्जा पाँच अर्ब ८४ करोड रुपैयाँ रहेको छ ।
फाइनान्सले चिप बेस डेबिट कार्ड, एसएमएस अर्लट, इ बैंकिङ, ईसीसी, मोबाइल बैंकिङ, सेभ डिपोजिट लकर, टप अप सेवा, रेमिट्यान्स, डिपी, सी आस्वा, क्युआर टेलरलगायतका सेवाहरू प्रदान गर्नुका साथै व्यक्तिगत खाताको हकमा पाँच लाखसम्मको निक्षेप बीमाको समेतको व्यवस्था गरेको छ ।
राष्ट्रियस्तरको फाइनान्सले सबै क्षेत्रमा गरी २३ वटा शाखा कार्यालयहरू र चार वटा विस्तारित काउन्टरबाट ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । फाइनान्सले कारोबार विस्तारका लागि निकट भविष्यमा थप शाखा विस्तार गर्ने योजना रहेको प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले जानकारी दिए ।