काठमाडौं । कृषि विकास बैंकको १८ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकले सोमबार बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा सभा सम्पन्न भएको हो । सभामा बृहत् कार्य सञ्जालद्धारा आफ्ना बस्तु÷सेवाहरूलाई देशका अति दुर्गमदेखि सुगम ठाउँहरूमा २८२ वटा शाखामार्फत आधुनिक बैंकिङ सेवा पुर्याउन सफल भएको बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीले बताए ।
सभामा बक्ताको रूपमा भाग लिएका सेयरधनीहरूले उठाएका जिज्ञासका सम्बन्धमा सञ्चालक समिति अध्यक्ष पुडासैनीले स्पष्ट पार्नुका साथै सेयरधनीहरूबाट प्राप्त सुझावहरूलाई नियमानुसार कार्यन्वयन गर्दै जाने प्रतिवद्धता समेत व्यक्त गरे ।