काठमाडौं । प्रभु बैंक लिमिटेडले २३ औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । बैंकले बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
सभाले सञ्चालक समितिको प्रतिवेदनसहित गत आर्थिक वर्ष २०८०/८१ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणलगायतका अनुसूचीहरू पारित गरेको छ । सभाले बैंकको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेडको र प्रभु स्टक मार्केट लिमिटेडको गत आर्थिक वर्ष २०८०/८१ को एकीकृत वित्तीय विवरण पनि पारित गरेको छ । वार्षिक साधारणसभामा छलफल तथा निर्णयार्थ प्रस्तुत सबै प्रस्तावहरू सर्वसम्मतबाट पारित भएको बैंकले जानकारी दिएको छ ।
वार्षिक साधारणसभामार्फत आगामी चार वर्षै कार्यकालका लागि संस्थापक समूहतर्फ अम्बिका शर्मा लामिछाने, अंगिरमान सिंह र बृषबहादुर बस्नेत र सर्वसाधारण समूहतर्फ सुरज कुमार श्रेष्ठ, राजु पौडेल र किशोरजङ्ग कार्की गरी छ जना सञ्चालकहरू निर्वाचित भएका छन् ।